कला


‘आ बाट आमा’ माघ १६ गतेबाट रिलिज हुने

‘आ बाट आमा’ माघ १६ गतेबाट रिलिज हुने

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १५:६, काठमाडौँ

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘आ बाट आमा’ प्रदर्शन मिति तय भएको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने  २ वटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १६ गतेको रिलिज मिति तोकेको हो। 

‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’भन्नै स्लोगन राखिएको छ। यस शब्दले पनि आमा बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। 

एउटा पोस्टरमा विपना थापा,प्रदीप रावत,पल शाह,सिमरन पन्त खुशी देखिएका छन्। सोही ठाउमा साइग्रेस पोखरेल पनि खुशीमुन्द्रामा देखिन्छन्। त्यसपछि अर्को पोस्टरमा भने सबै भावुक छन्। श्रीमान श्रीमतीको भूूमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भुमिकामा रहेका पल शाहको रगताम्य छन्। 

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको निर्माण भएको छ। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्तको प्रस्तुति रहेको छ। 

फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),दिलिप उखेडा,रचना गौतम लगायत रहेका छन्। 

फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्। यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम,रहेका छन्। 

यो फिल्मको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्री समेत भइसकेको छ। एक २ साताअघि नै यो फिल्मलाई हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad