सेयरबजारमा बुधबार २०.५६ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २५४४.५९ विन्दुमा झरेको हो।
बुधबार पनि कारोबारमा खासै सुधार देखिएको छैन। ८४ लाख कित्ता बिक्री भएको दिन बजारमा कुल ३ अर्ब ८४ करोडको खरिदबिक्री भएको नेप्सेले उल्लेख गरेको छ।
यस दिन ४९ वटा सेयर बढे पनि १९८ वटाको मूल्य घटेको छ भने ७ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्।
बढेकामध्ये भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सागर डिस्टिलरीको सेयरमा पजिटिभ सर्किट लागेको छ भने बुंगल हाइड्रो, बन्दीपुर केबलकार र अपरसोलु हाइड्रो इलेक्ट्किको क्रमशः ९.९८, ९.९८ र ५.३१ प्रतिशतले मूल्य बढेको छ।
गिरावट आउनेमा भने दरमखोला हाइड्रो अगाडि छ। कम्पनीको सेयर ८.७२ प्रतिशतले घट्दा माबिलुङ इनर्जी पनि ८.२१ प्रतिशतले घटेको छ।
कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट अगाडि छ। कम्पनीको ४० करोडको कारोबार हुँदा राधी २२ करोड, साहस ऊर्जा १४ करोडसहित क्रमशः दोस्रो र तेस्रो धेरै कारोबार हुने कम्पनी बनेका छन्।
Shares

प्रतिक्रिया