राजनीति


एकता सम्झौतामा हस्ताक्षरपछि रावलले भने- विछोडको घाउमा मलम लागेको महसुस भयो

एकता सम्झौतामा हस्ताक्षरपछि रावलले भने- विछोडको घाउमा मलम लागेको महसुस भयो

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १४:१६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीसँग एकता सम्झौतामा हस्ताक्षर गरेका नेता भीम रावलले पुनः एकताले विगतको विभाजनको पीडा घटाएको भावना व्यक्त गरेका छन्। 

बुधबार नेपाली कम्युनिस्ट पार्टी र रावलको माृतभूमि जागरण अभियानबीच ७ बुँदे एकता सम्झौतामा हस्ताक्षर भएको थियो। यसले  नेकपा विभाजनको घाउमा मलम लागेको महसुस भएको समेत रावलले बताए। 

‘यो सभाकक्षमै उपस्थित हुँदा त्यो समय सम्झिन्छु, जब प्रतिक्रियावादी र स्वार्थी तत्वहरूले पार्टीलाई विभाजित गरेका थिए र हामी गह्रौँ मनले यही ठाउँबाट छुट्टिएका थियौँ,’ उनले भने, ‘आज पुनः यही ठाउँमा एकताको हस्ताक्षर गर्न पाउँदा त्यो विछोडको घाउमा मलम लागेको महसुस भएको छ।’

रावलले आगामी दिनमा पार्टी एकताबाट संगठन अझ सशक्त भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले पार्टीको मूल लक्ष्यप्रति प्रतिबद्ध रहँदै जनताको विश्वास पुनः जित्ने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad