नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरूबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताए।
उनकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको बताए।
उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा एकमत छ। र चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुनै विमति छैन। तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था छैन भन्ने विषयवस्तुमै छलफल केन्द्रित छ। तर बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्छौं भन्नेमा मेरो विश्वास छ।’
उनले थपे, ‘पार्टीभित्रैबाट सामाजिक सञ्जालमा लाञ्छाना लगाउने, आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रुपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ त्यो अहात्मघाती छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकबमा पनि भनेको छु। हामीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागि हुने र नभए संसद पुनःस्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा एकमत छ।’
निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले कांग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ।
Shares

प्रतिक्रिया