राजनीति


मंगलबार सचिवालय र त्यसपछि स्थायी समिति बैठक राख्न ओली र नेपाल पक्षबीच सहमति

मंगलबार सचिवालय र त्यसपछि स्थायी समिति बैठक राख्न ओली र नेपाल पक्षबीच सहमति

मणि दाहाल
बैशाख १५, २०७७ सोमबार १२:२०,

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको छ।

नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भएको वार्तामा सो सहमति भएको हो।

‘भोली सचिवालय बैठक राख्ने र त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले बताए, ‘पार्टी कमिटिका बैठक राखेर सबैकुरा त्यहाँबाटै निकास दिनुपर्ने कुरा भएको छ।’

उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत रहेका कारण प्रधानमन्त्री ओलीले नै पार्टीभित्रकाे समस्याकाे निकास दिनुपर्ने बताए।

सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।

छलफलबाट ओलीपक्षका नेताहरु बाहिरिएपछि नेपाल पक्षका नेताहरुले साेहि ठाउँमा छलफललाइ निरन्तरता दिइरहेका छन्।

यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएकाे छ।

प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ। अध्यक्ष  प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन्। 

प्रधानमन्त्री ओली पक्ष भने नेपाल पक्षसँग सहमति गरी सत्ता टिकाउने प्रयासमा छ। 

याे पनि: 
नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा द्विपक्षीय वार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .