राजनीति


कांग्रेसमा भइरहेको अलमल चुनावबारे होइन : गगन थापा

कांग्रेसमा भइरहेको अलमल चुनावबारे होइन : गगन थापा

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ८:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा नभएको बताएका छन्।

बैठकमा भइहेको विवाद केवल पार्टीको पन्ध्रौँ महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा भएको उनले उल्लेख गरेका छन्।  

‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’, महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन। नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’

निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो भन्ने कुरामा पार्टीभित्र कुनै अलमल नरहेको उनको भनाइ छ। 

‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो’, थापाले थप भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad