नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिएका छन्। आज आइतबार काठमाडौंमा आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले अनधिकृत व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए।
'प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ। लोकतन्त्रको अपहरण भएको छ। संविधान खारेज भनिएको छैन तर मिचिएको छ,' उनले भने,'स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्।'
612
Shares

प्रतिक्रिया