राजनीति


सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सकिन्छ

सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सकिन्छ

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १८:५, काठमाडौँ

राष्ट्रिय सभाका सदस्यहरूले सरकार तयार भए सभाबाट विधेयकहरू पारित गर्न सकिने बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा सदस्यहरूले हालसम्म समितिमा आएका विधेयकहरू छलफल गरेर टुङ्याउन सकिने बताएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले संसद् सञ्चालनका लागि सरकारले अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘विधेयकका सन्दर्भमा सरकारले छलफल गरेर तयारी गर्नुपर्छ। सरकार तयार भए हामी समितिमा आएका विधेयकहरू छलफल गरेर टुङ्याउन सक्छौं। सभा नै बस्यो भने थपघट गर्न पनि सकिन्छ।’

भूसालले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरूको समयसीमा नहुने हुँदा प्रतिनिधि सभा सुरु भएलगत्तै छलफल गर्न सकिने बताए।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा केवल भाषणका लागि मात्रै सञ्चालन गर्नु अनुचित हुने टिप्पणी गरे। उनले सभा सञ्चालन गर्नुभन्दा अघि आवश्यक तयारी र सरकारको बिजनेस सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

‘सभा चलेको १५ दिनमै अन्त्य हुने अवस्था आउनु राम्रो होइन,’ यादवले चेतावनी दिए।

बैठकमा सहभागी सांसदहरूले सरकारसँग समन्वय गरी राष्ट्रिय सभाको प्रभावकारी सञ्चालन सुनिश्चित गर्नुपर्नेमा एकमत भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad