गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
आइतबार गृहमन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबिच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको हो।
भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधै सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउंदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरे।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउनु हुँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रस्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए।
भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति मित्रवत भावनाप्रति धन्यवाद दिंदै, नेपाल र भारतबिच कायम रहेको सम्बन्ध सधै निरन्तर रहने कुरा प्रष्ट्याए।
सोही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरे।
Shares

प्रतिक्रिया