कारोबार


सिटीटेकले ल्यायो ‘फिनपस मिनी’

सिटीटेकले ल्यायो ‘फिनपस मिनी’

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १७:४२, काठमाडौँ

सिटीटेक ग्रुप प्रालि.ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न नास आईटी एक्स्पोमार्फत सानो तथा सजिलो फिनपस मिनी पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो। यसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा, मास्टरकार्ड, यूपीआई र नेपालपे लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ।

कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले लेटर अफ इन्टेन्ट (एलओआई) हस्ताक्षर गरी फिनपस मिनी लाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे।
सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा पस सेवा प्रदान गर्दै १० हजारभन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। 

फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ। सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले भने, ‘फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad