राजनीति


खुमलटारमा प्रचण्ड र खनालबीच दुई घण्टा छलफल

खुमलटारमा प्रचण्ड र खनालबीच दुई घण्टा छलफल

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १०:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खानालबीच भेटवार्ता भएको छ।

सोमबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटार दुई नेताबीच झण्डै २ घण्टा छलफल भएको वरिष्ठ नेता खनालनिकट स्रोतले जानकारी दियो। भेटमा पार्टी एकतालाई मजबुत बनाउँदै तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको छ।

‘पार्टीभित्रको एकता कायम राख्न तत्काल स्थायी समितिको बैठक बोलाउन अझै दह्रो भएर जानुपर्ने निष्कर्ष निकाले छ, वरिष्ठ नेता खनाल निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।’

याे पनि : नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा द्विपक्षीय वार्ता

अध्यक्ष प्रचण्डले बोलाएपछि नेता खनाल पौने १ बजे खुमलटार पुगेका थिए। दुईघण्टा भएको छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टीभित्र उत्पन्न समस्याको बारेमा समीक्षा भएको थियो।

‘पार्टीमा देखिएको गतिरोधको अन्त्यका लागि सचिवालय बैठक बसेर त्यसले स्थायी समितिको मिति तोकेपछि मात्रै हुनेछ र तत्काल स्थायी समिति बैठक राखेर सबै समस्यामाथि छलफल गर्नुपर्ने गरी साझा धारणा बनाउँदे जाने सल्लाह भयो’ स्रोतले भन्यो।

सरकारको कार्याशैली र पार्टी सञ्चालनविधिलाई लिएर नेकपाभित्र प्रधानमन्त्री एवं केपी शर्मा ओलीसँग र कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपाल, समूहबीच दूरी बढ्दै गएको छ।

विवाद समाधानका लागि भन्दै आजै प्रधानमन्त्री ओली र नेता नेपालबीच वालुवाटारमा भेटवार्ता भएको थियो।

अहिले प्रधानमन्त्री ओली र नेता नेपाल पक्षीय नेताहरुबीच कोटेश्वरमा छलफल भइरहेको छ।

यो पनि : नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .