राजनीति


आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा

आलमको निधनप्रति कांग्रेस गहिरो दुःखमा, ३ दिने शोक कार्यक्रम घोषणा

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तीन दिने शोक मनाउने निर्णय गरेको हो।

६३ वर्षीय आलमको गएराति काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज निधन भएको थियो। केन्द्रीय कार्यसमितिले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको जनाएको छ। बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको छ।

शोक सन्देशसहित कांग्रेसले देशभर ३ दिने शोक कार्यक्रमको घोषणा गरेको छ। कात्तिक २२, २३ र २४ गते पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाइने छ।

त्यस्तै कात्तिक २३ गते सबै कार्यालय बन्द रहने छन्। १३ दिनसम्म शोक पुस्तिका राखिने छ भने सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिने छ।

May be an image of map and text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad