मृत्युको हल्ला चलिरहेका बेला दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवितै रहेको बताएको छ।
मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले उनी स्वस्थ नै रहेको जनाएको हो।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका राष्ट्रिय सुरक्षासम्बन्धी विशेष सल्लाहकार मुन चुङ इनले सीएनएनसँग आइतबार भनेका छन्, ‘किम जोङ उन राम्रो अवस्थामा छन्।’
नेता किम अहिले उत्तर कोरियाको पूर्वीतटीय क्षेत्रको उन्सानमा रहेको उनले बताए। त्यस क्षेत्रमा अहिलेसम्म कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सीएनएनसँग बताएका हुन्।
उत्तर कोरियाको एक दलीय कम्युनिष्ट शासनबारे उत्तर कोरियाली सरकारी सञ्चार माध्यमपछि दक्षिण कोरियाले दिने जानकारी आधिकारिक मानिन्छ।
सार्वजनिक रुपमा देखानपरेपछि दुई सातायता किमबारे विभिन्न अनुमान गरिँदै आएको थियो। दक्षिण कोरिया, चीन र केही जापानी अधिकारीले उनको स्वस्थ्य उपचार भइरहेको अपुष्ट जानकारी दिएका थिए।
गुप्तचर निकायहरूलाई उल्लेख गर्दै केही अन्तर्राष्ट्रिय सञ्चार संस्थाले भने शनिबार राती उनको निधन भएको अपुष्ट खबर दिएका थिए।
याे पनि: मृत्युको हल्लाबीच किम चढ्ने रेल उनी बस्ने गेस्टहाउस बाहिर देखियो

प्रतिक्रिया