नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरू भएको छ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला सुरू भएको हो। वडादेखि केन्द्रसम्मका सबै तहमा समयमै नियमित महाधिवेशनका लागि दबाब दिन पार्टी संस्थापन पक्षले भेला आयोजना गरेको हो।
भक्तपुरका सभापति दुर्लभ थापाको अध्यक्षतामा सुरू भएको दबाबमुलक भेलामा कोसी प्रदेश सभापति उद्वव थापा, महामन्त्री भुपेन्द्र राईसहित मुगु सभापति ऐनबहादुर शाही,ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्वुजा, अछाम सभापति पुष्प बहादुर शाहलगायत नेता कार्यकर्ताको उपस्थित रहेको छ।
कांग्रेसमा फागुन २१ अघि महाधिवेशन गर्ने कि चुनावपछि भन्ने विवाद चर्किँदो छ।
198
Shares

प्रतिक्रिया