नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले दश वाम दलको एकता लामो समय नटिक्ने दाबी गरेका गरेका छन्।
बुधबार एकता सम्मेलन गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दश कम्युनिस्ट घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ। जसमा माओवादी केन्द्रका संयोजक प्रचण्ड संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक बनेका छन्।
उक्त एकता आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावसम्म टिक्यो भने ठुलो कुरा भनेर माओवादी केन्द्रका नेता लेखनाथले टिप्पणी गरेका हुन्।
‘ओछ्यानमा बसेर भिडिओ हेरेपछि...पिँध नभाका लोटा, अनुहार कुच्चिएका, पानीका लौरा, पिङ खेल्दाखेल्दा थाकेका, गनाएका नाम मञ्चमा’, न्यौपानेले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘यसो हेरेको सबै दाने गाईजस्ता, फुकाएपछि आआफ्नै बाटाे लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो। नहुनुभन्दा जस्ताे भएनि मामा मामै हाे, चित्त बुझाउने मेसो। एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज।’
Shares

प्रतिक्रिया