राजनीति


राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८२ सोमबार ६:४, काठमाडौँ

चारदिने भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदैछन्। साेमबार बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट पाैडेल कतार प्रस्थान गर्न लागेका हुन्। विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन पौडेल कतार जान लागेका हुन्। 

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन्। 

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार पौडेलले कात्तिक १८ गते सम्मेनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यहाँ रहँदा उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटघाट गर्ने तालिका छ। 

कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलले आयोजना हुने लागेको सम्मेलनमा सहभागी भएर राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किनेछन्। 

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार हुन लागेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad