नेकपा (एकीकृत समाजवादी)ले आफूहरुको एकताबाट अत्तालिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने भ्रम फैलाएको बताएका छन्।
केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकका निर्णयबारे जानकारी गराउँदै प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यसको भ्रममा नपर्न आग्रह गरेका छन्।
शनिबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम फैलाउने प्रयास गरेका छन्, तर यो केवल दुष्प्रयास हो।’
बैठकले नेकपा (माओवादी केन्द्र), नेकपा (विप्लव समूहबाट पुनर्गठित), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादीलगायत दलहरूसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको समेत उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया