नेकपा एमालेले डेडिकेटेड फिडर र ट्रङ्कलाईन महसुल विवादलाई लिएर औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेकोप्रति असन्तुष्टि जनाएको छ।
एमालेको केन्द्रीय सचिवालयको शनिबार भक्तपुरको गुन्डुमा बसेको बैठकले सरकारको निर्णयविरुद्ध प्रस्ताव पारित गर्दै आत्ति जनाएको हो। ‘डेडिकेटेड फिडर र ट्रङ्कलाईन महसुल विवादलाई लिएर हालै नेपाल विद्युत् प्राधीकरणले दुई दर्जनभन्दा बढी औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेका कारण त्यहाँ कार्यरत हजारौं श्रमिकहरूको रोजगारी गम्भीर रूपले प्रभावित भएको छ,’ एमालेले भनेको छ, ‘यसबाट दैनिक सयौँ मेगावाट विद्युत् खेरा जानुका साथै सरकारको राजस्व समेत खुम्चिएको छ।’
एमालेले व्यवसायीहरू र श्रमिकहरूको हित विरूद्ध चालिएको कदम भन्दै त्यसले अर्थतन्त्रलाई नै संकटमा धकेल्ने दाबी समेत गरेको छ। ‘विद्युत् महसुल विवाद समाधान आयोग, २०८० को सुझाव विपरीत व्यवसायीहरू र श्रमिकहरूको हित विरूद्ध चालिएको र भदौ २४ गतेको घटनाबाट मारमा परेको अर्थतन्त्रलाई थप संकटमा धकेल्ने गरी चालिएको यस कदमप्रति नेकपा (एमाले)को गंभीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ, ‘यस समस्याको समाधान वार्ताबाट गर्दै तत्काल श्रमिक र व्यवसायीहरूको हित सुनिश्चित गर्न यो बैठक माग गर्दछ।’
Shares

प्रतिक्रिया