तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले दोस्रोपटक राष्ट्रपति चुनाव जितेकी छन्।
तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिबीचमा उनको यो जित भएको हो।
तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत ल्याएर जितेकी हुन्।
निर्वाचन आयुक्तले बुधबारको चुनावमा देशका ३.७६ करोड दर्ता मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३ करोड २० लाखले मतदान गरेको बताएका छन्। यीमध्ये सामियाले ९७.६६ प्रतिशत अर्थात् लगभग ३ करोड १९ लाख मत प्राप्त गरेकी छन्।
चुनावको नतिजापछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चुनावको पारदर्शिता र देशभर फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।
हालै चुनावको पारदर्शिताको विवादमा देशका धेरै भागमा हिंसा भड्किएको छ। सयौँ मानिस मारिएको तथा घाइते भएको बताइएको छ।
बीबीसीका अनुसार राष्ट्रव्यापी इन्टरनेट बन्दका कारण हताहतको वास्तविक संख्या पुष्टि गर्न पनि गाह्रो छ।
सरकारका विपक्षीहरूले सरकार हिंसाको मात्रा कम गर्न खोजिरहेको बताएका छन्।
स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु लगाएको छ।
Shares

प्रतिक्रिया