राजनीति


कांग्रेस विशेष वा नियमित महाधिवेशनबारे खड्कालाई शर्माले दिए ४ प्रस्ताव

कांग्रेस विशेष वा नियमित महाधिवेशनबारे खड्कालाई शर्माले दिए ४ प्रस्ताव

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १२:१९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधारका लागि विभिन्न बुँदासहितका प्रस्तावहरू बुझाएका छन्। 

आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो। उक्त भेटमा शर्माले विभिन्न विकल्पसहितका प्रस्तावहरू बुझाएका हुन्।  

यस्ता छन् शर्माका प्रस्ताव

१) पहिलो विकल्प - कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७-२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)

(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प - विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम `केन्द्रीय समितिले चाहेमा´ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ।

३) तेस्रो विकल्प- विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै। (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै।

४) चौथो विकल्प- थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ। (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको ऐतिहासिक मिति)

बैठकबाट तयारी सम्बन्धमा 

१) निर्वाचन समिती पुनर्गठन 
२) विधान संशोधन मस्यौदा समिति गठन 
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन 

फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा 
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण  सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ l अन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय।

फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी  
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय। 
- राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना।
- जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad