एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ।
कात्तिक १२ गते सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो।
सभाले सेयरधनीहरुका लागि ६ प्रतिशत बोनस सेयर, १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
आ.व. २०८२/८३ को लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ।
15
Shares

प्रतिक्रिया