राजनीति


राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार जाने, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार जाने, यस्ता छन् मन्त्रिपरिषद्‍का निर्णय

फाइल फोटो


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:१३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गते कतार जाने भएका छन्।

बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। 

कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फरसोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्तै, राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ।

उनले भने, नेपाल र मोरिससबीच भएको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय भएको छ। संघीयसंसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ। यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गतेआईतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ। त्यस्तै गरेर कतारको दोहामाआयोजना हुने सेकेन्ड वल्ड समिट फर सोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २०गतेसम्म हुने औपचारिक भ्रमण स्विकृत गर्ने निर्णय भएको छ।’

त्यसैगरी सरकारले  छापाखाना र प्रकाशन सम्बन्धि दोस्रो संशोधननियमावली २०८२ पनि स्वीकृत गरेको छ। अनलाइनको दर्ता र नवीकरणका लागि गरिएको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २ मा हेरफेरग रिएको छ।

मन्त्री खरेलले सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय कार्यान्वयनका लागि सो निर्णय गर्नु परेको स्पष्ट पारे। सरकारले नेपाल र मोरिसस सरकारबीच भएको दोहोरो करमुक्ति सम्झौता पनि अन्त्य गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad