राजनीति


एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा थपिए ८१ जना

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा थपिए ८१ जना

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १६:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार भएको छ। बुधबार बसेको बैठकले केन्द्रीय कमिटीमा थप ८१ जनालाई थप्ने निर्णय गरेको हो। 

बैठकमा अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमसहितका पक्षलाई समेट्न भन्दै केन्द्रीय सदस्य थप्ने प्रस्ताव गरेका हुन्। उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ। 

सिता थापा, अमृत सागर बस्नेत, गिता सोडारी, यादव बस्नेत, सुस्मा राई पार्टीभित्र क्रियाशील रहेकालाई केन्द्रीय सदस्य बनाइएको हो। 

त्यस्तै वामदेव गौतमको नेतृत्वमा एकतामा आएकाहरुलाई पनि यसमा समेटिएको बताइएको छ। 

बिस्तारसँगै अब नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ४२० सदस्यीय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad