राजनीति


कम्युनिस्ट एकताका लागि छलफल हुँदैछ : माधव नेपाल

कम्युनिस्ट एकताका लागि छलफल हुँदैछ : माधव नेपाल

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १३:४९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरूसँग एकता गरेर आन्दोलनलाई सशक्त बनाउने दिशा खोज्न पार्टी तयारी अवस्थामा रहेको बताएका छन्।

काठमाडौँमा बुधबार सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘विचार, सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गरेर आन्दोलनलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्नेबारेमा यो बैठकमा विस्तृत छलफल हुनेछ।’

उनका अनुसार, एकता र सहकार्यका लागि विभिन्न दलहरूसँग संवाद भइरहेको छ। ‘हामीले संवाद गरिरहेका छौँ,’ नेपालले भने, ‘थुप्रै पार्टीहरू हामीसँग भूमिका खेल्ने आशा राखिरहेका छन्, तीमध्ये नेपाली कांग्रेस पनि एक हो।’

नेपालले पार्टी अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै भने, ‘हाम्रो पार्टीको अफिस पनि जलाइयो- पहिलोचोटि पनि, दोस्रोचोटि पनि।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad