राजनीति


महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक

महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार ९:२२, काठमाडौँ

एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको हो।

बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने उनले जानकारी दिए।

गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरिसकेको छ।

सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन्।

उनका अनुसार बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल हुनेछ। 

पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन्। भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ।

उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad