राजनीति


जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार १५:५२, काठमाडौँ

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यविरुद्ध रिट दायर भएको छ।

निष्पक्षताको माग गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध अधिवक्ता विपिन ढकालले रिट दायर गरेका हुन्।  

रिटमा आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।  

रिटमा अध्यक्ष कार्की र शर्माले यसअघि सार्वजनिक गरेको धारणाका आधारमा उक्त समितिमा बस्नै नमिल्ने दाबी गरिएको छ। रिट पेस भए पनि दर्ता भने भएको छैन।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad