बागमती


हेटौँडामा छठ पूजाको तयारीः यसरी सजाइँदै छ राप्तीतट

हेटौँडामा छठ पूजाको तयारीः यसरी सजाइँदै छ राप्तीतट

सुनिता विष्ट
कात्तिक ९, २०८२ आइतबार १६:९, हेटौँडा

हेटौँडामा छठ पूजाको तयारी तीव्र रुपमा भैरहेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा छठ पर्वका लागि छठघाट तयार गरिएको हो।

तराई समुदायको उल्लेख्य बसोबास रहेको हेटौँडामा हरेक वर्ष राप्तीतटमा छठपूजा गरिँदै आइएको छ।

सोही अनुरुप यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीको किनारमा भव्य तयारी गरिएको हो। मधेशी समाज मकवानपुरको आयोजनामा हुने छठ पूजाका लागि ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ।

साथै २५ वटा व्यवसायिक स्टलहरू समेत निर्माण गरिएको छ।

यस वर्ष करिब ६० हजार भक्तजनहरूको आगमन रहने अनुमान आयोजकले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad