राजनीति


केपी ओलीका लागि 'ओलीकुटी' बनाइदिने महेश बस्नेतको घोषणा

केपी ओलीका लागि 'ओलीकुटी' बनाइदिने महेश बस्नेतको घोषणा

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १०:३०, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि भक्तपुरको गुन्डुमा 'ओलीकुटी' बनाउने घोषणा गरेका छन्।

यसका लागि गुन्डुवासीले पहल सुरु गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको बताएका छन्।

ओलीकुटीको ढाँचा कस्तो बनाउने भन्ने विषयमा देशभरबाट नमुना चित्र संकलन भइरहेको पूर्वमन्त्रीसमेत रहेका बस्नेतले उल्लेख गरेका छन्।

'गुन्डुवासीको भावनात्मक पहल,
अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प', बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्। म आफू संयोजकको भूमिकामा रहनेछु। ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदै छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad