दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।
जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटना स्थलतर्फ गएको छ। रासस
1.0k
Shares

प्रतिक्रिया