राजनीति


आफ्नो रोलेक्स घडी देखाउँदै महावीर पुनको व्यंग्य: लगाएर हिँडेको भए त बर्बादै हुनेरहेछ नि!

आफ्नो रोलेक्स घडी देखाउँदै महावीर पुनको व्यंग्य: लगाएर हिँडेको भए त बर्बादै हुनेरहेछ नि!

शिक्षामन्त्री महावीर पुन (फाइल तस्बिर), बीचमा उनको रोलेक्स घडी र सञ्चारमन्त्री जगदीश खरेलले लगाएको घडी


नेपालखबर
कात्तिक २, २०८२ आइतबार २१:४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूसँग भएको रोलेक्स घडी सार्वजनिक गर्दै व्यंग्य गरेका छन्।

मन्त्री पुनले हालै ताप्लेजुङमा किताब बेच्ने क्रममा कसैले रोलेक्स घडी दान दिएको तर त्यो नलगाएर आफू आलोचनाबाट बचिएको बताएका हुन्। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरू। यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबर्जस्ती दिनुभयो। मैले लगाएर हिँडेको भए ता बर्बादै हुनेरहेछ नि! धन्न झोलामा राखेर बचिएछ।’

तर सञ्चारमन्त्री खरेलले लगाएको घडी रोलेक्स नभई जापनिज ब्रान्ड रुस्टर भएको पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad