राजनीति


प्रधानमन्त्री भेट्न नपाएपछि घाइते जेनजी आक्रोशित

प्रधानमन्त्री भेट्न नपाएपछि घाइते जेनजी आक्रोशित

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १९:४५, काठमाडौँ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आफूलाई भेट्न सिंहदरबार नआएपछि जेनजी घाइतेहरू आक्रोशित बनेका छन्।

आइतवार पाँचबुँदे माग लिएर जेनजी आन्दोलनका घाइतेहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। उनीहरू बिहान ९ बजे नै सिंहदरबार पुगेका थिए तर प्रधानमन्त्री कार्की बिहानैदेखि बालुवाटारबाट निस्किइनन्।

उनीहरूले भदौ २३ र २४ को गोली प्रहारको तत्काल न्यायिक कारबाही हुनुपर्ने माग आफूहरूको रहेको बताएका छन्। त्यस्तै उनीहरूले संवैधानिक सुधार र जनमत संग्रह, जेनजी आन्दोलनको संरक्षण र कानूनी सुरक्षा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा सम्पत्ति छानबिन, संवैधानिक अंगमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेप रोक लगायतका माग आफ्नो रहेको बताएका छन्।

साथै उनीहरूले पाँच दिनभित्र आफ्ना माग पूरा हुनुपर्ने समयसीमा दिएका छन्। प्रधानमन्त्री कार्यालयमा जेनजीका घाइतेहरूले आक्रोश व्यक्त गरेपछि प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रधानमन्त्रीले आज बालुवाटारबाटै काम गरिरहेको जानकारी दिएका थिए।

प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण भेट गर्नसक्ने अवस्था नरहेको बताए।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये केहीको उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad