नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जेनजी आन्दोलन शान्तिपूर्ण हुने ब्रिफिङ गरिएको दाबी गरेका छन्।
आइतबार संवादकहरूसँगको संवादमा प्रदर्शनबारे कस्तो जानकारी दिइएको थियो भनेर प्रश्न गरिएको थियो। ओलीले भने, ‘मलाई ब्रिफिङ विद्यार्थीले ८/१० हजार शान्तिपूर्ण प्रदर्शन हुन्छ भनेका थिए, अप्ठयारो केही छैन भन्ने ब्रिफिङ गरेका थिए।’
तर, उनले यस्तो ब्रिफिङ आफूलाई कसले गरेको थियो भन्ने चाहिँ खुलाएनन्।
यस्तो छ उनको भनाइः
टिओबी लगायत पछि देखिदैँ छन्। अहिले त कस्तो देखिन्छ भने कहिले सुटिङ भइदिन्छ। कहिले रियल भइदिन्छ।
नक्कली हतियारको सुटिङ? कुनै फिल्म तयार हुँदै थियो नेपालमा? व्यारिकेड तोड्ने कुरा गरेपछि जेनजीले माइकिङ गरेर फर्किए। जेनजी भनिएका हाम्रा भाइबैनी फर्किए। केहीलाई छेकेर अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा लगे। त्यसलाई छेक्ने क्रममा पहिला जस्तो तयारी थियो त्यस्तो देखिएन।
मलाई ब्रिफिङ विद्यार्थीले ८/ १० हजार शान्तिपूर्ण प्रदर्शन हुन्छ, अप्ठयारो केही छैन भन्ने गरेका थिए।
शान्तिपूर्ण प्रदर्शन गर्ने विद्यार्थीसँग त्यो हतियार। एसआर जस्ता हतियार दिएको हुँदैन। मैले गृहमन्त्रीलाई सोधे, के भएको ? मैले गोली चलेको सुनेँ। युवा विद्यार्थीको शान्तिपूर्ण आन्दोदनमा किन गोली चल्यो?
त्यसपछि एकछिनमा ४ जना विद्यार्थी मृत्यु भएको सुनेपछि म चिन्तित भए, मार्नुपर्ने के भयो?
उनीहरू आएनन्, घुसपैठ भयो। मेरो विचारमा २४ गतेको वीभत्स आगजनी, तोडफोड लुटपाटको तयारी थियो। उत्तजनाको वातावरण ल्याउन त्यसो गरेको हुनुपर्छ।
२३ गतेको छानबिनको लागि आयोग गठनको मन्त्रिपरिषद्को निर्णय भयो। निष्पक्ष आयोग बनाउनुपर्छ।
Shares

प्रतिक्रिया