कर्णाली


बालेन र सुदनविरुद्ध कर्णालीमा उजुरी

बालेन र सुदनविरुद्ध कर्णालीमा उजुरी

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १५:२, सुर्खेत

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ। 

अनेरास्ववियु कर्णाली संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा बालेन शाहविरुद्ध जिल्ला प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा २४४ डाँका गर्न नहुने र दफा २८५ आपराधिक उपद्रव सम्बन्धी कसुरमा आइतबार उजुरी दिएको संयोजक शाहीले जानकारी दिए। 

उनकाअनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दुरुपयोग गरी सुर्खेत जिल्लाभित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरू, कार्यालय र कार्यालयमा भएका कागजातहरूका साथै व्यक्तिगत भवन तथा चलअचल सम्पत्तिहरू ध्वस्त र नष्ट हुनेगरी तोडफोड, लुटपाट र आगजनी गरेको आरोप छ। 

अनेरास्ववियुले वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले पार्टी कार्यालयले मोटरसाइक र्‍याली निकाल्दै प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गरेको हो। साथै राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश र जिल्ला कमिटी सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा जेनजी आन्दोलन भड्काएर आगजनी गर्नेहरूलाई कारबाहीको माग गर्दै ज्ञापन–पत्र बुझाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad