राजनीति


जेन-जी आन्दोलनबाट उदाएका मिराज ढुंगानाले आज दल घोषणा गर्लान्?

जेन-जी आन्दोलनबाट उदाएका मिराज ढुंगानाले आज दल घोषणा गर्लान्?

मिराज ढुंगाना


नेपालखबर
कात्तिक १, २०८२ शनिबार १०:२७, काठमाडौँ

राजनीतिक दल खोल्ने घोषणा गरेका 'गरिखान देउ' अभियानका संयोजक मिराज ढुंगानाले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै छन्।

जेनजी आन्दोलनदेखि चर्चामा आएका ढुंगानाले आज दिउँसो १ बजे काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागिएको बताएका छन्।

‘देश अहिले विषम परिस्थितिमा छ। भाद्र २३\२४ को ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानले प्राप्त उपलब्धिहरूको रक्षा र देशको अग्रगामी निकास आजको आवश्यकता हो। यसैलाई मध्यनजर गर्दै आज विशेष पत्रकार सम्मेलन गर्न गइरहेका छौँ’, निमन्त्रणा पत्रमा उनले भनेका छन्।

यसअघि उनले टिकटकमा भिडिओ सन्देश जारी गर्दै पार्टी खोल्नैपर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका थिए। 

'राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,' उनले भनेका छन्, 'जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।'

उनले आज गर्ने पत्रकार सम्मेलनमा राजनीतिक दल गठनको घोषणा गर्लान् वा नगर्लान्? यसका लागि भने पत्रकार सम्मेलनसम्म प्रतीक्षा गर्नैपर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad