राजनीति


गगन थापाले प्रस्ताव गरे कांग्रेसको नियमित महाधिवेशनको तालिका

गगन थापाले प्रस्ताव गरे कांग्रेसको नियमित महाधिवेशनको तालिका

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनको प्रस्तावित तालिका पेस गरेका छन्। हालै सम्पन्न कार्यसम्पादन समितिको बैठकमा १५औं महाधिवेशन मंसिर महिनाभित्रै सम्पन्न गर्ने गरी दुई विकल्पसहितको तालिका प्रस्ताव गरेका हुन्।   

उनले आगामी २७ देखि २९ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्। उनले गरेको यो प्रस्ताव पार्टीको जारी केन्द्रीय समितिमा भने पेस भएको छैन।   

थापाले पेस गरेकोपहिलो विकल्प
- नयाँ सदस्य वितरण तथा नवीकरण भएका सदस्यको इन्ट्री कात्तिक २१ सम्म गरिसक्ने। 
- २ साता फाराम भर्ने समय तोक्ने र त्यसको एक साताभित्र प्रतिनिधि सभा क्षेत्रबाट स्वीकृत गर्ने समय तोकि कात्तिक २१ गतेभित्र टुंगो लगाउने। 
‍- नयाँ सदस्यता सबै वडामा वितरण गर्ने र प्रतिनिधि सभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने।

- जेनजीलगायत नयाँ पुस्तालाई क्रियाशील सदस्यता उक्त अवधिमा प्रदान गर्ने। 
- नयाँ सदस्यता तथा नवीकरणको विवाद कात्तिक मसान्तसम्म टुंग्याउने र क्रियाशील सदस्यको नामावली मंसिर ७ सम्म निर्वाचन समितिलाई बुझाउने। 

थापाले पेस गरेको दोस्रो विकल्प
- वडा अधिवेशन मंसिर १२ र १३ गते गर्ने।
- प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ गते
- १५ औं महाधिवेशनका लागि मंसिर २७ देखि २९ सम्मको अवधि तोक्ने। 
- वडाको मंसिर ५, गाउँ/नगर, उपमहानगर, महानगरको मंसिर ८, प्रदेश सभा क्षेत्रको मंसिर १२, प्रतिनिधि सभा क्षेत्र, केन्द्रीय महाधिवशेन प्रतिनिधि र जनसम्पर्क समितिको मंसिर १५, जिल्लाको मंसिर १८, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रको मंसिर २७ देखि २९ गतेसम्म अधिवेशन गर्ने।  
- नवीकरणका लागि १४ औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यहरूमा मृत्यु भएका, पार्टी परित्याग गरेकाबाहेक सबै जनाको क्रियाशील सदस्यताको नवीकरण भएको मान्यता प्रदान गर्ने 
- विधानमा भएको व्यवस्था संशोधन गरेर क्रियाशीलबाट सिधै नेतृत्व चयन गर्न सकिने विकल्प पनि  तयार पार्ने।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad