राजनीति


नरम भाषामा बोल्नुस् भन्ने नेतालाई ओलीको जवाफ: चिनी थपिदिनु?

नरम भाषामा बोल्नुस् भन्ने नेतालाई ओलीको जवाफ: चिनी थपिदिनु?

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १७:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नरम भाषामा बोल्नु भन्ने नेताहरूलाई आक्रोश पोखेका छन्। 

केन्द्रीय कमिटी बैठकमा नेताहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले आक्रोश व्यक्त गरेका हुन्।  

'साथीहरुले नरम भाषा बोल्नुस् भन्नु भएको छ, यसमा चिनी थपिदिनु?,' उनले भने, 'हामीले गरेका कामहरु देखेकै छ, विकास देखेकै छ। त्यसै भएर हमला गरेका होलान्, साथीहरुले मौका पाउनु भएको छ र हमला गर्नु भएको छ, मैले योभन्दा चर्को हमला सुनेको छु! ०७६ मा सहेको छु, ०७८मा पनि सुनेको छु। कहिले मैले आलोचना सहेको छैनर?'

उनले पार्टीका विषयमा पार्टीभित्रै बोल्न पनि आग्रह गरे। 

'बाहिर जग हसाई नगरौँ, बाहिर जे पनि नबोलौँ? पार्टीभित्र छलफल गरौँ। फेसबुकमा लेख्ने , ईन्टरभ्यु दिने नगरौँ, मैले हेरिरहेको छु,' उनले भने, 'आलोचनाबाट बाहिर कोही पनि हुन्न । 
हाम्रो पार्टीमा मतभेद छैन। मतभेद नगरौँ, निर्णय गर्ने थलोमा मतभेद होला।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad