नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग उठेको छ।
बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै विद्यासुन्दर शाक्य लगायतका नेताहरूले सदस्या नवीकरण गरे पार्टीमा भित्र्याउनुपर्ने धारणा रोखका थिए।
‘उहाँको सदस्यता नवीकरण गरेर ससम्मान पार्टीमा ल्याइयोस्,’ शाक्यको भनाइ थियो।
भण्डारीको सदस्यता नवीकरण गनुपर्ने धारणा राख्ने अन्य नेताहरूमा हरिबहादुर राई, सोम मिश्र, सरिता न्यौपाने, शर्मिला कार्की लगायत छन्।
आजको बैठकमा ५० जना केन्द्रीय सदस्यले धारणा रोखका थिए।
गत साउनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
त्यसयता पनि भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग विभिन्न नेताहरूले गर्दै आएका छन्।
उपाध्यक्ष विष्णु पौडेलसहित ११ जनाले असोज २४ र २६ गते भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा भण्डारीको सदस्यता नवीकरण गनुपर्ने मत राखेका थिए।
अध्यक्ष केपी शर्मा ओलीले भने यसबारे पछिल्लो समय कुनै धारणा राखेका छैनन्।
Shares

प्रतिक्रिया