राजनीति


ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ: प्रचण्ड

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार १६:४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँगको सम्भावित एकता बारे बाेलेका छन्। 

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका हुन्। 

'अबको माओवादीको लाइन भनेको चुनाव हो'उनले भने। 

उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने जानकारी प्रचण्डले दिए।

एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने,'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।'

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए। 

'अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने भुझ्नु भएको छ' उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad