राजनीति


संविधान रक्षा गर्न ओलीले खोजे दलको साथ

संविधान रक्षा गर्न ओलीले खोजे दलको साथ

नेपालखबर
असोज २९, २०८२ बुधबार १४:५५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी सरकारले शान्ति भंग गरेको निचोड निकालेका छन्।

साथै उनले मुलुकको राष्ट्रियतामाथि गम्भीर चुनौति खडा भएको विश्लेषण गर्दै संविधान र लोकतन्त्र मान्ने दलको साथ खोजेका छन्। 

जेन–जी आन्दोलनले भदौ २४ गते सत्ता गुमाएका ओलीले संविधान रक्षा गर्न दलहरूको सहयोग मागेका हुन्। 

जेन–जी आन्दोलनपछि फागुन २१ गते चुनाव गर्ने म्यान्डेट दिएर सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन्। उनको नियुक्तिमै संविधान मिचिएको र असंवैधानिक भएको ओलीको भनाई छ।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा ६ पृष्ठको १५ बुँदे राजनीतिक प्रस्तुत गरेका ओलीले सो कुरा उल्लेख गरेका हुन्।

‘राष्ट्रियता, लोकतन्त्र र संविधानका पक्षधर सबै राजनीतिक दल, सबै देशभक्तहरू र नागरिकहरूलाई राष्ट्रियता, लोकतन्त्र रसंविधानको रक्षा एवं शान्तिको पुनर्वहालीको लागि एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछौँ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad