राजनीति


शुक्रबार नेपालस्थित विदेशी मुलुकका राजदूतहरूलाई प्रधानमन्त्री कार्कीको ब्रिफिङ

शुक्रबार नेपालस्थित विदेशी मुलुकका राजदूतहरूलाई प्रधानमन्त्री कार्कीको ब्रिफिङ

नेपालखबर
असोज २९, २०८२ बुधबार १५:२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न विदेशी नियोगका राजदूत तथा नियोग प्रमुखहरूलाई यसै सप्ताहान्तमा सम्बोधन गर्ने भएकी छन्।  

विकसित पछिल्लो राजनीतिक अवस्थाबारे शुक्रबार दिउँसो प्रधानमन्त्री कार्कीले नेपालस्थित आवासीय राजदूत तथा नियोग प्रमुखहरूलाई  सम्बोधन गर्ने भएकी हुन्। 

‘शुक्रबार दिउँसो दुई बजे प्रधानमन्त्री कार्कीको उपस्थितिमा काठमाडौँस्थित विभिन्न मुलुक र नियोग प्रमुखहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपालखबरसँग भने, ‘ब्रिफिङ परराष्ट्र मन्त्रालयमै हुनेछ।’

ब्रिफिङका क्रममा परराष्ट्रमन्त्रीले वर्तमान सरकारको परराष्ट्रनीतिको प्राथमिकताका अलावा २१ फागुनमा हुने निर्वाचन लगायतका विषयमा जानकारी गराउने छिन्। 

बताइए अनुसार, दिउँसो दुई बजेदेखि सुरु हुने ब्रिफिङ कार्यक्रममा काठमाडौँस्थित विभिन्न २५ मुलुकका आवासीय राजदूतका अलावा संयुक्त राष्ट्रसंघ र युरोपियन युनियन कार्यालयका प्रमुख र सार्क महासचिव सहभागी हुनेछन्। 

प्रधानमन्त्री कार्कीले यसअघि २२ असोजमा विदेशमा रहेका नेपाली राजदूतावास तथा अन्य नियोगका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरिसकेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad