नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरी दबाब दिएर पद त्याग नगर्ने बताएका छन्।
बुधबारदेखि ललितपुरको भनिमण्डलमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले कसैलाई पनि कार्यबाहक नदिने घोषणा गरेका हुन्। यससम्बन्धि निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने उनको भनाई छ।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ, यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु,’ उनले भने।
असोज २४ र २६ गते बसेको सचिवालय बैठकले आगामी मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। यही केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्नेछ।
बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
Shares

प्रतिक्रिया