नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन्।
बुधबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै मुलुक निर्वाचित जनप्रतिनिधि निकायविहीन भएको समेत उल्लेख गरेका छन्।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ, यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकायविहीन अवस्थामा पुऱ्याएको छ र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको छ,’ प्रतिवेदनमा भनिएको छ।
प्रतिनिधि सभा विघटनले लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको समेत उल्लेख गरेको छ। एमालेले तत्काल प्रतिनिधि सभा पुनर्स्थापना गर्न समेत माग गरेको छ।
‘यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनर्स्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ।’
Shares

प्रतिक्रिया