राजनीति


अध्यादेश फिर्ता गर्ने निर्णयपछि कांग्रेसको प्रतिक्रिया : सरकारले गल्ती सच्यायो

अध्यादेश फिर्ता गर्ने निर्णयपछि कांग्रेसको प्रतिक्रिया : सरकारले गल्ती सच्यायो

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ७:२०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मनि्त्रपरिषद्को बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बनधी अध्यादेश फिर्ता लिने निर्णय गरेको केसी समयमा नै कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले अपहरणको शैलीमा समाजवादी पार्टीका सांसद तथा पूर्व राज्यमन्त्रीलाई उठाउनेलाई कारबाही गर्न माग समेत गरेका छन्।

बुधबार बेलुका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका संसदहरु महेश बस्नेत र किसन श्रेष्ठले सामावादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट उठाएर काठमाडौँ ल्याएका थिए। समाजवादी पार्टी फुटाल्नका लागि प्रधानमन्त्रीको निर्देशनमा आफ्ना सांसद अपरहण गरेको समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ।

‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ, देश’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनले अहिलेको आवश्यकता नागरिकको जीवनरक्षाको भएको बताएँदै राजनीतिक विवाद फुर्सदका लागि साच्न आग्रह गरेका छन्।

‘प्रधानमन्त्रीज्यू जनताको तर्फबाट आग्रह छ, अब सम्पूर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं, पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला’, प्रवक्ता शर्माले लेखेका छन्।

सरकारले अध्यादेश ल्याएसँगै प्मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ। सरकारले ल्याएका अध्यादेशका कारण लोकतन्त्र खतारमा परेको भन्दै कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी ४ दलसँग मिलेर अगाडि बढ्न छलफल समेत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad