काठमाडौं महानगरपालिकाले ६४ हजार जनालाई राहत वितरण गरेको छ। महानगरपालिकाले बिहीबारसम्म उक्त राहत बाँडेको जानकारी दिएको हो।
महानगरका ३२ वटै वडामा राहत प्राप्त गर्ने कुल ७४ हजार ५ सय २९ पहिचान भएकोमा ६४ हजार १ सय ७८ जनाले राहत पाएका हुन्। वडा नं २३ मा १०७ जना मात्रै पहिचान भएकोमा सबैले राहत पाएका छन्।
वडाहरुमध्ये वडा नं ६ मा सबैभन्दा बढी पहिचान भएको ५ हजार परिवार पहिचान गरिएको छ। जसमा ४ हजारलाई राहत वितरण गरिसकेको महानगरले बताएको छ।
राहत वितरणमा काठमाडौं महानगरपालिकाको स्रोतमार्फत ४१ हजार २ सय ७२ परिवारलाई राहत वितरण गरिएको छ भने दातामार्फत २२ हजार ९ सय ६ जनालाई राहत वितरण गरिएको छ।
महानगरभित्र १५ हजार बढीलाई खाना पनि खुवाइएको छ। जसमा वडा नं ३ मा ४ हजार, वडा नं १५ मा ४७ सय ५२, १६ मा १७ सय १७, १८ मा १२ सय, वडा २७ मा ३३ सय ९० जनालाई खाना खुवाइएको छ ।

प्रतिक्रिया