राजनीति


विपिनको मृत्युप्रति इजरायली राष्ट्रपतिद्वारा नेपाली राजदूतलाई फोन गरी दु:ख प्रकट

विपिनको मृत्युप्रति इजरायली राष्ट्रपतिद्वारा नेपाली राजदूतलाई फोन गरी दु:ख प्रकट

विपिन जोशी।


नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:५७, काठमाडौँ

विपिन जोशीको निधनप्रति इजरायली राष्ट्रपति आइज्याक हर्जोगले दु:ख प्रकट गरेका छन्। 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई फोन गरी राष्ट्रपति हर्जाेगले दु:ख प्रकट गरेका हुन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति हर्जाेगले मंगलबार अपराह्न राजदूत पण्डितलाई समवेदना प्रकट गर्न फोन गरेका थिए। 

त्यसक्रममा हमासको कब्जामा रहेका विपिनको मृत्यु भएकोमा उनले दुख प्रकट गरेका थिए। 

इजरायल–हमास युद्धविरामसँगै हमासले सोमबार २० जना जीवित बन्दीहरू रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेको थियो। 

लगत्तै चार जना मृतक बन्दीहरूको शव पनि हस्तान्तरण गरियो, तिनमा नेपाली विद्यार्थी विपिन जोशीको शव पनि थियो। 

शव हस्तान्तरण गरिएको भोलिपल्टै राष्ट्रपति हर्जाेगले राजदूतावासमार्फत् समवेदनाका लागि फोन गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad