खेल


डिफेन्डर चन्दले पार गरे सय खेलको कोशेढुंगा

डिफेन्डर चन्दले पार गरे सय खेलको कोशेढुंगा

नेपालखबर
असोज २८, २०८२ मंगलबार १९:२४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द ठकुरीले एक सय अन्तराष्ट्रिय खेलको कोशेढुङ्गा पार गरेका छन्। 

सन् २००९ मा प्यालेन्साइनविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितले एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्धको खेलमा १ सय खेलको कोशेढुङ्गा पार गरेका हुन्। 

भियतनामको घरेलु मैदानमा रोहितलाई राष्ट्रिय टोलीका खेलाडीहरूले गार्ड अफ अनरद्वारा बधाई दिएका थिए। यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिपक खतिवडा तथा पूर्वसदस्य महेन्द्र क्षेत्रीले मायाको चिनो दिएका थिए। 

उमेर समूहमा समेत नेपालको प्रतिनिधित्व गरेका चन्द राष्ट्रिय टोलीका उपकप्तानसमेत हुन्। टोलीमा मध्यक्रम र डिफेन्डर दुवै भूमिकामा अब्बल रोहित राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन्। 

व्यवसायिक क्लब फुटबलमा नेपालसहित, भारत र इन्डोनेसियामा रोहितले आफूलाई अब्बल खेलाडीको रुपमा स्थापित गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad