नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहपछि मंगलबार सार्वजनिक भए। आजको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेलाई इतिहासकै डरलाग्दो दिन पनि भनेका छन्।
'गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नवयुवकहरूको ज्यान गयो। यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ,’ उनले भने, 'यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवत यो नेपालको ईतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपिबद्द हुनेछ।'













देउवाको सम्बोधनको पीडीएफ
1.6k
Shares

प्रतिक्रिया