नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जेनजी’का जायज माग सम्बोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलन (भदौ २४)मा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएपछि सार्वजनिक नभएका देउवा आज सार्वजनिक भएका हुन्। उनले आज पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जेनजीको माग सम्बोधन गर्नुपर्ने बताए।
'जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ,' देउवाले भने।
मुलुकप्रति जेनजीको चासो र चिन्ताको सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए।
147
Shares

प्रतिक्रिया