राजनीति


नपाउने निश्चित हुँदाहुँदै किन लिँदैछन् मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत?

नपाउने निश्चित हुँदाहुँदै किन लिँदैछन् मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत?

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८२ मंगलबार ८:३, काठमाडौँ

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

२५ जेठ २०८२ मा नेकपा एमाले र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। पछि केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएपछि २०८२ असार १२ गते उनलाई कांग्रेसले विश्वासको मत दिएको थियो। 

तर, जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्देशनमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए।

तर, परिस्थिति सहज बनेपछि भने सिंहले राजीनामा नदिने अडान लिएका थिए। त्यसपछि जनमत पार्टीले उनलाई राजीनामा दिन दबाब दिँदै आएको थियो। 

मुख्यमन्त्री सिंहले पार्टी निर्णय विपरित आज विश्वासको मत लिन लागेका हुन्। सिंहले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार दिउँसो १ बजे मधेस प्रदेशसभाको बैठक बस्दैछ। 

भदौ २४ गते आफूले राजीनामा घोषणा गरे पनि पछि आफ्नै पार्टीले असहयोग गरेकाले त्यो निर्णयबाट आफू पछि हटेको उनले बताए। 

‘मलाई आज जनमतकै सांसद्ले पनि विश्वासको मत दिँदैनन् भन्ने मलाई थाहा छ,’ उनले नेपालखबरसँग भने, ‘जनमत पार्टीले नै मेरो प्रतिष्ठामाथि प्रहार गरेपछि मैले कम्तीमा सदनमा आफ्ना कुरा राख्नको लागि विश्वासको मत लिँन लागेको हुँ।’ 

जनमतका अध्यक्ष राउतको निर्देशन विपरित विश्वासको मत लिन लागेका उनले आफ्नो आगामी बाटो के हुने भन्ने पनि आज प्रदेश सभामै प्रष्ट पार्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad