सुदूरपश्चिम


डोटीमा गुडिरहेको जिप सापट भाँचिएर पल्टिँदा महिलाको मृत्यु

डोटीमा गुडिरहेको जिप सापट भाँचिएर पल्टिँदा महिलाको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २८, २०८२ मंगलबार ८:११, कञ्चनपुर

डोटीमा आज (मंगलबार) बिहान जिप दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ।

दुर्घटनामा बडीकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीको सुख्खडबाट बडीकेदार गाउँपालिका–३ तर्फ गइरहेको सुपप्र ०१००१ च ४६५१ नम्बरको बोलेरो जिप मंगलबार बिहान सापट भाँचिएर पल्टिएको हो। 

दुर्घटनामा सलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित ९ जना सवार थिए। अन्य यात्रु भने सुकुशल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad